Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दिगो वन व्यवस्थापनबाट रोजगारी र आर्थिक समृद्धिमा जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार | (रासस)

कपिलवस्तु, १३ मङ्सिरः लुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री तुलसीप्रसाद चौधरीले वनको दिगो व्यवस्थापन, काठ उत्पादन, राजस्व वृद्धि र वातावरण संरक्षणमार्फत उपभोक्तालाई खुसी मात्र नभई सुखी बनाउने गरी प्रदेश सरकार क्रियाशील भइरहेको बताउनुभएको छ ।

    तिलौराकोट साझेदारी वन उपभोक्ता समूहको १५औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले वन संरक्षणलाई रोजगारी, पर्यटन र आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो । वनको उचित व्यवस्थापनबाट काठ उत्पादन र राज्यको राजस्व बढाउनुका साथै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिने उहाँको भनाइ थियो ।

    मन्त्री चौधरीले भावी पुस्ताका लागि स्वच्छ हावा र श्वास फेर्न योग्य वातावरण जोगाउनु सबैको दायित्व भएको बताउनुभयो । “हामीले हाम्रा सन्ततिले श्वास फेर्ने ठाउँ र वातावरण जोगाएर राख्नुपर्छ”, उहाँले भन्नुभयो । 

    वनको वर्तमान अवस्था राम्रो भए पनि उपभोक्तालाई क्षणिक खुसीमा सीमित नराखी दीर्घकालीन रूपमा सुखी बनाउने लक्ष्यका साथ नीति तथा कार्यक्रम अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । रोजगारी सिर्जनाले उपभोक्तामा खुसी ल्याउने र वनबाट प्राप्त समृद्धिले वास्तविक रूपमा सुखी बनाउने उहाँको भनाइ थियो ।

    कार्यक्रममा डिभिजन वन कार्यालय बाँकेका प्रमुख विजयराज सुवेदीले वन व्यवस्थापनलाई प्रभावकारी बनाउन संस्थागत अन्योलता हटाउँदै कार्यान्वयन इकाइमार्फत दैनिक काम सञ्चालन गर्नुपर्ने बताउनुभयो । प्रत्येक कामका लागि समितिको बैठक बस्न सम्भव नहुने भएकाले सानो कार्यान्वयन टोली बनाएर अघि बढाउनुपर्ने उहाँको सुझाव थियो ।

    वन तथा वातावरण विज्ञ डा दामोदर शर्माले समुदायमा आधारित वन व्यवस्थापनको अवधारणा कार्यान्वयन गर्ने पहिलो प्रदेश लुम्बिनी रहेको बताउनुभयो । तिलौराकोट साझेदारी वन उपभोक्ता समूहमा ३२ हजार ४९३ घरधुरी आबद्ध छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan