Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कोकिनसहित विदेशी नागरिक पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार |

काठमाडौँ, १३ मङ्सिरः नेपाल प्रहरीले लागुऔषध कोकिनको अवैध कारोबार गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

    प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँ महानगरपालिका–१७ ठमेलस्थित जेपी मार्गबाट कोकिन कारोबारमा संलग्न एक कोरियन र एक भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    पक्राउपर्नेमा कोरियन नागरिक ८७ वर्षीय सुक चोन ली र भारतीय नागरिक भारतीय नागरिक २८ वर्षीय दीपक उत्तम बाघमारे छन् । ब्युरोका प्रवक्ता दुर्गाराज रेग्मीले कोरियन नागरिक ली ले तीन किलोग्राम कोकिन पेरुबाट काठमाडौँ ल्याई भारतीय नागरिकलाई बिक्री गर्न लागेका अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो ।

    कोरियन नागरिकले हातमा बोक्ने झोलाभित्र फल्स बटम बनाई कोकिन ल्याएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेकी सुक पेरुबाट स्पेन, कतार हुँदै तीन दिन अगाडि काठमाडौँ आइपुगेको प्रवक्ता रेग्मीले बताउनुभयो । यसअघि जुलाईमा पनि उनी नेपाल आएर कोरिया फर्केको अनुसन्धानमा खुलेको छ । पक्राउ भारतीय नागरिकसँग मुम्बई प्रहरीको आइडी कार्ड फेला परेको प्रवक्ता रेग्मीले बताउनुभयो । पक्राउ कोरियन नागरिकसँग प्रहरीले तीन किलोग्राम कोकिन, एक थान पासपोर्ट र दुई थान मोबाइल प्रहरीले बरामद गरेको छ । बरामद कोकिनको अवैध बजार मूल्य प्रतिग्राम रु ५० हजारका दरले तीन किलोग्रामको रु १५ करोड हाराहारीमा रहेको ब्युरोले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan