Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्राफिक प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार |

काठमाडौँ, १३ मङ्सिरः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सडकमा परिचालित हुने ट्राफिक प्रहरीलाई सवारी चालक तथा नागरिकसँग सभ्य, शिष्ट र मैत्रीपूर्ण व्यवहार गर्न निर्देशन दिनुभएको छ ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित बिदाइ तथा फेरि भेटौँला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ट्राफिक प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड दिनुभयो । सुवेदी तनहुँ जिल्ला प्रहरी कार्यालय प्रमुखका रूपमा सरुवा हुनुभएको छ । 

    उहाँले सडकमा खटिने ट्राफिक प्रहरीको बोली, भाषा र व्यवहार सधैँ सभ्य हुनुपर्ने बताउँदै सवारी आवागमन सहज बनाउनु र नागरिकलाई आवश्यक सहयोग गर्नु प्रहरीको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो ।

    “सडकमा खटिने ट्राफिक प्रहरीले सधैँ नागरिकमैत्री व्यवहार गर्नुपर्छ । बोली, भाषा र व्यवहार सभ्य हुनुपर्छ । सवारी आवागमन सुचारु गर्नु र नागरिकलाई सहयोग गर्नु हाम्रो प्रमुख दायित्व हो”, उहाँले भन्नुभयो ।

    सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकाले जिम्मेवारी बोधका साथ कार्यक्षेत्रमा खटिन उहाँले निर्देशन दिनुभयो । “ट्राफिक प्रहरी सधैँ नागरिकमैत्री हुनुपर्छ । सवारी व्यवस्थापन र नागरिकसँगको मैत्रीपूर्ण व्यवहार नै हाम्रो प्रमुख लक्ष्य र उद्देश्य हो”, उहाँले भन्नुभयो ।

    कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतका विभिन्न वृत्तका प्रमुख तथा ट्राफिक प्रहरी अधिकारीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan