Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महिला बास्केटबलमा आर्मीलाई स्वर्ण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार |

    कर्णाली, १३ मङ्सिरः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा विभागीय टोली नेपाल आर्मी क्लबले स्वर्ण पदक प्राप्त गरेको छ ।   

    कर्णाली प्रदेश रङ्गशाला सुर्खेत वीरेन्द्रनगरको पश्चिमतर्फको कोर्टमा आज सम्पन्न (थ्री अन थ्री विधातर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले १३ अङ्कसहित स्वर्ण पदक प्राप्त गरेको हो । 

    उक्त विधामा कर्णालीले नौ अङ्कसहित रजत पदक प्राप्त गरेको हो । यो कर्णालीका लागि पहिलो पदक हो । खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले कास्य पदक हात पारेको बास्केटबलका वरिष्ठ रेफ्री राजेश महर्जनले जानकारी दिनुभयो । 

    त्यसैगरी, फुल–कोर्ट फाइभ अन फाइभ विधातर्फको महिला बास्केटबलतर्फ सम्पन्न फाइनल खेलमा एपिएफले स्वर्ण पदक हात पारेको छ । 

    एपिएफ ५७ अङ्कसहित पहिलो हुँदा भने नेपाल आर्मी क्लब २९ अङ्कसहित दोस्रो भएको थियो । आर्मीले रजत पदक हात पार्दा नेपाल प्रहरीले कास्य पदक प्राप्त गरेको वरिष्ठ रेफ्री महर्जनले बताउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan