Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वैशाखदेखि हालसम्म देशभर चार हजार ५३ विपद्का घटना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १८ सोमबार | (रासस)

काठमाडौँ, १७ साउनः गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर कुल चार हजार ५३ विपद्का घटना घटेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा १९६ जनाको ज्यान गएको छ । यस्तै, एक हजार २१८ जना घाइते भएका छन् भने चार बेपत्ता छन् ।

सो अवधिमा सबैभन्दा बढी अर्थात् एक हजार २४ आगलागीका घटना भएका छन् । सर्पदंश ७१६, चट्याङ २३१, लेक लाग्नु ५७, पहिरो ६८५, जनावर आक्रमण २२५, बाढी २००, हुरीबतास ४८०, भारी वर्षा २२७, डढेलो १९१, डुङ्गा पल्टनु र विस्फोटका समान एक–एक घटना भएका छन् ।

त्यस्तै, असिना र भूकम्प चार–चार छन् भने अन्य पाँचवटा घटना घटेको प्राधिकरणको विवरणमा उल्लेख छ । विपद्का कारण पाँच हजार १८८ घरपरिवार प्रभावित भएका छन् ।

विपद्बाट जोगिन पूर्वसावधानी अपनाउन प्राधिकरणले सबैलाई आग्रह गरेको छ । वर्षाको समयमा अकस्मात बाढीपहिरो आउने, सर्पदंशको जोखिम हुने भएकाले विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर कुल ३४ वटा विपद्का घटना घटेका छन् । विपद्मा परेर एक जनाको ज्यान गएको छ भने २० घाइते भएका छन् । विपद्का कारण देशभरका २५ जिल्ला प्रभावित भएका छन् । देशका दुई सडक अवरुद्ध हुन पुगेको छ । विपद्का कारण रु २७ लाख २५ हजारबराबरको अनुमानित क्षति भएको छ । उद्धार, राहतलगायतका कामका लागि २७१ प्रहरी परिचालन गरिएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan