Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

न्यूनतम पारिश्रमिक र सुरक्षित कार्य वातावरणको माग गर्दै नर्सहरू सडकमा, आमरण अनशन पाँचौँ दिनमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १८ सोमबार |
newsabhiyan

काठमाडौं, १८ साउन । न्यूनतम पारिश्रमिक, मर्यादित काम र सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनरत नर्सहरूले सोमबार राजधानीमा प्रदर्शन गरेका छन्।

नर्सिङ क्षेत्रको समग्र सुधारको माग राख्दै नर्स ज्योति रानाभाटले सुरु गरेको आमरण अनशन पाँचौँ दिनमा पुग्दासमेत सरकारले बेवास्ता गरेको भन्दै स्वास्थ्यकर्मीहरू आक्रोशित बनेका हुन्।

आन्दोलनरत नर्सहरूले काठमाडौंको वीर अस्पताल अगाडि भेला भएर स्वास्थ्य संस्थाहरूमा भइरहेको श्रमशोषण अन्त्य गर्न, नर्सहरूका लागि न्यूनतम पारिश्रमिकको ग्यारेन्टी गर्न र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

उनीहरूले स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने जनशक्तिमाथि लामो समयदेखि आर्थिक तथा श्रम शोषण भइरहेको आरोप लगाएका छन्। विगतमा पनि नर्सिङ क्षेत्रका समस्या समाधान गर्ने भन्दै सरकार र सरोकारवाला निकायसँग पटक–पटक सहमति तथा सम्झौता भए पनि कार्यान्वयन नभएको उनीहरूको भनाइ छ।

आन्दोलनरत नर्सहरूले आफूहरू रहरले नभई बाध्य भएर पुनः सडकमा आउनुपरेको बताएका छन्। उनीहरूले सरकारले तत्काल वार्ता गरी माग सम्बोधन नगरे आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan