Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २६ मंगलबार |

काठमाडौं, २६ साउन कास्की, पोखरा महानगरपालिका-२५ हेम्जा म्याग्दी चोकस्थित सडकमा घट्टेखोलाबाट पोखरातर्फ आउँदै गरेको ग.१४ प २५१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार म्याग्दी धौलागिरी गाउँपालिका-२ लुलाङ बस्ने १६वर्षीय अनिल विकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । 

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, धनुषाधाम नगरपालिका-७ किसानपुरस्थित सडकमा ना.३ ख ८८६३ नम्बरको टिपरले म.प्र-०२-००७ प ३०५५ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक मिथला बिहारी नगरपालिका-२ कुटीटोल बस्ने ४० वर्षीय ईश्वरदेव राउतको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan