Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ललितकला प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको सपथ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २६ मंगलबार | (रासस)

काठमाडौँ, २६ साउनः नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

नवनियुक्त पदाधिकारीहरूलाई कुलपति एरिणा ताम्राकारले प्रतिष्ठानको कार्यालय, नक्सालमा सपथ ग्रहण गराउनुभएको हो । कुलपति ताम्राकारले यही साउन २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमक्ष शपथ ग्रहण गर्नुभएको थियो ।

     कुलपति ताम्राकारले उपकुलपति चन्द्रश्याम डङ्गोल, सदस्य सचिव कैलाशकुमार श्रेष्ठ, परिषद् सदस्यहरू क्रमशः जुपिटर प्रधान, कुविर देवान, सङ्गी श्रेष्ठ, ध्रुवराज शर्मा, ओमप्रकाश यादव र विणा पौड्याललाई सपथ गराउनुभएको हो । यसैगरी प्रतिष्ठानको प्राज्ञसभा सदस्यहरूमा भुवन थापा, सुनिता राणा, दलबहादुर गुरुङ, उजय बज्राचार्य, मीना कायस्थ, इन्दिरा श्रेष्ठ, रञ्जुकुमारी यादव, इसान परियार, विष्णुप्रसाद श्रेष्ठ, इन्द्रप्रसाद शिल्पकार, दिपक आउजी, नारायणबहादुर गुरुङ, हरिओम मेहता कोइरी, छेवाङ लामा, नम्रतासिंह दनुवाले सपथ लिनुभयो ।

     मन्त्री पौडेलको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिस बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहले यही साउन १९ गते तीनै वटा प्रज्ञा प्रतिष्ठानका कुलपतिसहित पदाधिकारीलाई मनोनयन गर्नुभएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan