Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार |

काठमाडौं ।  २७ साउन सुनसरी, इनरूवा नगरपालिका-३ देवकोटा स्कुल छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका- २० बस्ने ३१ वर्षीय दिपेन्द्र राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को.२५ प ९४७६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

चितवन, माडी नगरपालिका-३ स्थित वर्कसपबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६५ ट्याब्लेट र स्पास्मो ३३ ट्याब्लेट सहित पर्सा ठोरी गाउँपालिका-१ बस्ने २३ वर्षीय करण कुँवर समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-१० सृष्टी मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २२ ग्राम ४ सय मिलिग्राम सहित गोरखा गण्डकी गाउँपालिका-७ घर भएका ३३ वर्षीय नरेश गुरूङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउगरेको हो । 

यसैगरी कास्की पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने बारा निजगढ नगरपालिका- ५ घर भएका ४३ वर्षीय राम प्रसाद आचार्यलाई अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम र नगद १ लाख ५५ हजार रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan