Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बैंकक–हङकङ ट्रान्जिट हुँदै ल्याइएको १८ किलो गाँजासहित दुई भारतीय पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार |
newsabhiyan

काठमाडौं । थाइल्याण्डको बैंककबाट हङकङ ट्रान्जिट हुँदै नेपाल ल्याइएको १८ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतको पञ्जाबका ३६ वर्षीय सन्जीवकुमार र २६ वर्षीय रविकुमारलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरू क्याथे प्यासिफिकको उडानमार्फत नेपाल आएका थिए।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीको निगरानीबाट बच्न उनीहरू बैंककबाट सिधै नेपाल नआई हङकङ हुँदै नेपाल आएको खुलेको छ।

पछिल्लो समय थाइल्याण्डबाट गाँजा ल्याउनेहरूले पक्राउबाट जोगिन नयाँ शैली अपनाउने गरेको समेत अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ।

उनीहरूले आगमनतर्फको भन्सार क्षेत्रमा लगेज छाड्ने र केही दिनपछि एजेन्टमार्फत उक्त लगेज दाबी गरेर लैजाने गरेको प्रहरीको भनाइ छ।

पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan