Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चान–होम चक्रवात पूर्वी जापानमा अवतरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार | (रासस/सिन्ह्वा)

टोकियो, २७ साउन : पश्चिमतर्फ सर्दै गरेको चान–होम चक्रवात पूर्वी जापानी प्रान्त इबाराकीमा बुधवार अवतरण गरेको जापानको मौसम विज्ञान विभाग  (जेएमए) ले जनाएको छ ।

जापानमा चान–होम उल्लेखनीय रूपमा कमजोर भएको समयमा पनि मौसम विज्ञान विभागले यसको लामो प्रभावका कारण उत्तरपूर्वको तोहोकु क्षेत्र र टोकियो लगायत कान्टो–कोसिन क्षेत्रका नदीहरूमा सम्भावित बाढीको चेतावनी जारी गरेको छ ।

यस वर्षको १५ औँ टाइफुन, पूर्वबाट पश्चिममा सर्दै टोकियोको उत्तरपूर्वको इबाराकी प्रान्तमा अवतरण गर्ने पहिलो चक्रवात भएको जेएमएले जनाएको छ । 
 
चक्रवातका कारण उत्तरपूर्वी जापानको इवाटे प्रान्तमा दुई जना, साथै इबाराकी प्रान्तमा चार जना र तोचिगी प्रान्तमा एक जना गरी सात जना घाइते भएको जिजी प्रेसले बुधबार आगो र प्रकोप व्यवस्थापन विभागलाई उदृत गर्दै रिपोर्ट गरेको छ ।

मौसम अधिकारीहरूले तोहोकु, टोकाईको मध्य क्षेत्र र पश्चिममा किन्की क्षेत्रमा २४ घण्टामा १२० मिमी सम्म वर्षा हुने पूर्वानुमान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan