Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार | (रासस/सिन्ह्वा)

त्रिपोली (लिबिया), २७ साउन : संयुक्त राष्ट्र सहायता मिसन (युएनएसएमआईएल) ले लिबियाको पश्चिमी शहर जावियामा भएको झडपलाई तत्काल रोक्न र हिंसाका लागि जिम्मेवार व्यक्तिहरूले जवाफदेहीता अपनाउन आह्वान गरेको छ ।

एक विज्ञप्तिमा मिसनले जावियामा चलिरहेको झडप र सोर्मन सहरमा लडाइँको निन्दा गर्दै सम्बन्धित सबै पक्षहरूलाई शत्रुता अन्त्य गर्न र तनाव बढाउन सक्ने कुनै पनि उत्तेजक कार्यहरूबाट टाढा रहन आग्रह गरेको छ ।

विज्ञप्तिमा उक्त झडपले सर्वसाधारणलाई जोखिममा पारेको उल्लेख गर्दै लडाइँको क्रममा  निर्दोश नागरिकको मृत्यु भएको र कयौँ घाइते भएको जनाइएको छ  । साथै निजी तथा सार्वजनिक सम्पत्ति लगायत महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको जनाइएको छ ।  

मिसनले सार्वजनिक सुरक्षामा चिन्ता व्यक्त गर्दै सोरमानमा भएको झडपले धेरै कैदीहरू भाग्न सक्ने अवस्था पनि निम्त्यायो उल्लेख गरेको छ ।

मिसनले सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानून र अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको पालना गर्न आग्रह गर्दै मानव वसोवास भएका क्षेत्रहरूमा वा नजिकै  हतियारको प्रयोग अस्वीकार्य  भएको कुरामा जोड दिएको छ ।

यसले लिबियाका अधिकारीहरूलाई मानव वसोवास भएका क्षेत्रहरूबाट हतियारहरू फिर्ता लिन, सहमती गर्ने प्रयासहरूलाई समर्थन गर्न, थप हिंसा रोक्न, र नागरिकका र महत्त्वपूर्ण पूर्वाधारको रक्षा गर्न एक समन्वित संयन्त्र स्थापना गर्न पनि आह्वान गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan