Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इन्डोनेसियामा डुङ्गामा आगलागी, ११२ जनाको उद्धार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार | (रासस/सिन्ह्वा)

जाकात्रा, २७ साउन : इन्डोनेसियाको पश्चिम नुसा तेङ्गारा प्रान्तको लोम्बोक टापुको पानीमा बुधबार ‘पुत्री यास्मिन’ नामक यात्रु बहाक डुङ्गामा आगलागी भएपछि डुङ्गामा सवार ११२ जनालाई उद्धार गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

एक स्थानीय अधिकारीलाई उदृत गर्दै मिडियाले जनाए अनुसार नजिकैको डुङ्गाले ३६ जनालाई उद्धार गरेर बालीमा फिर्ता ल्याएको थियो भने खोजी तथा उद्धार एजेन्सीको जहाजले ५९ जनालाई उद्धार गरेको जनाएका छन् । नौसेनाको एउटा जहाजले थप १७ जनालाई पानीबाट उद्धार गरेको जनाएको छ ।

डुङ्गामा ११४ जना यात्रु र १७ जना चालक दलका सदस्य रहेको अधिकारीहरुलाई उदृत गरीले स्थानीय मिडियाले जनाएका छन् भने यात्रु  तथा चालक दलका सदस्यहरूको हताहत भएको कुनै पनि खबर हाल सम्म पुष्टि भएको छैन ।

पुत्री यास्मिन डुङ्गा बालीबाट नजिकैको टापु लोम्बोकतर्फ जाँदै गर्दा आगलागी भएको तथा आगलागीको कारण अझै सम्म स्पष्ट हुन नसकेको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan