Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रियसभाः आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार | (रासस)
newsabhiyan

काठमाडौँ, २८ साउनः राष्ट्रियसभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले राख्नुभएको उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो । 

प्रस्ताव पेस गर्दै मन्त्री पौडेलले प्राकृतिक वा अन्य प्राविधिक कारणले उडान ढिलाइ भएमा दायित्व सिर्जना नहुने व्यवस्था विधेयकमा रहेको बताउनुभयो ।

उहाँले युरोपको आकाशमा नेपाली विमानलाई उडान सुरक्षाको सूचिमा राखेको अवस्थामा सो सम्बन्धमा फुकुवाका लागि काम भइरहेको जनाउँदै अबको छ महिनाभित्र कामको नतिजा देखिने बताउनुभयो ।

यसअघि उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरू सोनाम गेल्जेन शेर्पा, गीता देवकोटा, प्रेमप्रसाद दङ्गाल, पदमबहादुर परियार, सम्झना देवकोटा, भुवनबहादुर सुनार, युवराज शर्मा, रुक्मिणी कोइराला, नारायणदत्त मिश्रले आ-आफ्ना धारणा राख्नुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक आगामी भदौ १ गते दिउँसो १ः१५ बजे बस्नेछ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan