Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार |

काठमाडौं । साउन २८ गते । दशौं राष्ट्रिय खेलकुद २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औ बोर्ड बैठकले बिहीबार निर्णय गरेको छ ।

राखेपका अध्यक्ष शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षातमा बसेको परिषद्को बोर्ड बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद पुस १५ गतेदेखि सन्चालन गर्ने पनि निर्णय गरेको छ । यस्तै २०औं एशियाली खेलकुदमा सहभागी हुने खेलाडी तथा अफिसियलको नामावली अनुमोदन गरेको छ ।

बैठकलाई सम्बोधन गर्नु हुँदै मन्त्री पोखरेलले दशौं राष्ट्रिय खेलकुद सफल बनाउन सम्पूर्ण पक्ष एकताबद्ध भई  लाग्न अनुरोध गर्नु भएको छ । 

बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणी पौडेल परिषद्का उपाध्यक्ष बिशाल श्रेष्ठलगायत प्रदेश खेलकुद परिषद्का सदस्य–सचिवहरु सहित परिषद्का बोर्ड सदस्यहरुको उपस्थिति थियो । बैठकमा राखेपका सदस्य–सचिव रामचरित्र मेहताले बिषय बस्तु प्रस्तुत गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan