Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार |

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठविरुद्ध अनुसन्धानका लागि तीन दिनको म्याद थप गर्न अनुमति दिएको हो।

श्रेष्ठको थुनामुक्तिको माग गर्दै आज नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजय मिश्रसहित वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले बहस गरेका थिए। बहसमा शम्भू थापा, बारका महासचिव केदार कोइराला, गोविन्द बन्दी, अम्बर राउत, भक्तिराम घिमिरे, गोपालकृष्ण घिमिरे, डा. प्रेमराज सिलवाल, पुष्प पौडेल, चुडामणि पौडेल, सन्तोष भण्डारी, टीका कुँवर, आर.सी. गौतम, राधिका खतिवडा, अर्जुन खड्कालगायत सहभागी थिए।

प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो। श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन्।

प्रहरीका अनुसार उनलाई वैयक्तिक गोपनीयताको हननसम्बन्धी कसुरमा पक्राउ गरिएको हो। अदालतको आदेशपछि श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।

श्रेष्ठको पक्राउको विरोध गर्दै पत्रकार तथा पत्रकारसम्बद्ध विभिन्न संघसंस्थाले उनको तत्काल रिहाइको माग गरेका छन्। उनीहरूले पत्रकारलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको समेत ख्याल गर्नुपर्ने बताएका छन्।

म्याद थपसँगै अब प्रहरीले श्रेष्ठविरुद्ध लगाइएको आरोपका सम्बन्धमा थप अनुसन्धान अघि बढाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan