आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार | रासस
काठमाडौँ, २८ साउनः सरकारले आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा सिद्धार्थकुमार ठाकुरलाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष नवनियुक्त अध्यक्ष ठाकुरले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । शपथ ग्रहणसँगै उहाँले परिषद्को नेतृत्व सम्हाल्नुभएको छ ।
