Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्योः मुख्यमन्त्री कार्की

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार | (रासस)

विराटनगर, २८ साउनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारलाई नेपाली कांग्रेसले पु¥याएको योगदान र सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।

    नेपाली कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा आज स्वीकृत गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको विकास, समृद्धि र सुशासनका लागि कांग्रेसले अहिलेसम्म गरेको सहकार्य महत्वपूर्ण रहेको बताउनुभएको हो । उहाँले कांग्रेससँगको सहकार्य सुमधुर र अत्यन्तै सकारात्मक एवं रचनात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि प्रदेशको विकास तथा समृद्धिका लागि नेपाली कांग्रेसबाट निरन्तर सहयोग र सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । 

    मुख्यमन्त्री कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि कांग्रेससँग आगामी दिनमा पनि हातेमालो गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

    यसैबीच, नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयहरू मुख्यमन्त्री कार्कीले आफैँसँग राख्नुभएको छ । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका एक राज्यमन्त्रीसहित पाँच जनाको सहभागिता रहेको थियो ।  मन्त्रिमण्डल चाँडै पुनर्गठन हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकरी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan