Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कोशी प्रदेशसभाको बैठक आह्वान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार | (रासस)

विराटनगर, २८ साउनः कोशी प्रदेससभाको नवौँ अधिवेशनको २३औँ बैठक आगामी भदौ ३ गते दिउँसो १ः०० बजे बस्ने भएको छ । कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जारी गर्नुभएको सूचनाअनुसार गत असार २४ गते अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगित भएको थियो 

    आगामी बैठक कोशी प्रदेशसभा कटहरीमा बस्ने सूचनामा जनाइएको छ । सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभा सदस्यको जानकारीका लागि सूचना प्रकाशित गर्नुभएको सचिव खड्काले जानकारी दिनुभयो ।

    नवौँ अधिवेशनको पहिलो बैठकदेखि २२औँ बैठक विराटनगरस्थित वीरेन्द्र सभागृहमा सञ्चालन भएको थियो । गत भदौमा भएको जेनजी आन्दोलनअघि बैठक जिल्ला समन्वय समितिको परिसरभित्र निर्मित भवनबाट सञ्चालन भइरहेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan