Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रास्वपाद्वारा दुःख व्यक्त

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार | (रासस)

काठमाडौँ, २८ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ–५, कोटलबारामा पहिरोमा परी सात जनाको मृत्यु तथा पाँच जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
   
    रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा बेपत्ताको खोजी तथा घाइतेको उपचार प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गरिएको छ । प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र निःशुल्क उपचारको व्यवस्था गर्न तथा जोखिमयुक्त बस्तीको पहिचान गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्नका लागि महामन्त्री आचार्यले विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
    
    उक्त विज्ञप्तिमार्फत विपद् जोखिम कम गर्न पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन र तीनै तहका सरकारबीच समन्वय गर्न आग्रह गर्दै वर्षाका कारण जोखिम बढेकाले नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन नागरिकलाई अपिल गरिएको छ । महामन्त्री आचार्यले पार्टी संयन्त्रलाई देशैभर विपद्पूर्वको तयारी र विपद् पछाडिको कार्यमा राज्यका संयन्त्रहरुलाई सघाउन तयार रहन आग्रह गर्नुभएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan