Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चितुवा बस्तीमाः स्थानीयवासीमा त्रास

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार | (रासस)
newsabhiyan

नारायणगढ (चितवन), २९ साउनः भरतपुरको बस्ती वरपर बच्चासहितको चितुवा घुम्न थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । निकुञ्जभित्र बाघ धेरै हुने भएकाले उसले आफ्नै छुट्टै क्षेत्र बनाउन नसकेर मानवबस्तीमा प्रवेश गर्ने गर्छन् । 

राष्ट्रिय प्रकृति संरक्षण कोष वन्यजन्तु प्राविधिक तीर्थ लामाले बस्तीमा देखिएको चितुवा बच्चासँग भएकाले बच्चालाई बाघबाट जोगाउन र सुरक्षित राख्न बस्तीतिर छिरेको हुनसक्ने बताउनुभयो । 

पोथी चितुवाले आफ्ना बच्चालाई बाघबाट मात्र नभई भाले चितुवाबाट जोगाउनुपर्ने हुन्छ ।   

भाले चितुवाले अरूको वा आफ्नै बच्चा भेटेमा मारिदिने खतरा रहन्छ । नियन्त्रणमा लिइएको एउटा चितुवा नौ महिना जतिकोे हो । अर्को माउ र बच्चा हुनसक्ने उहाँले बताउनुभयो । 

चितुवा दुईदेखि तीन वर्षमा वयस्क हुन्छ । बच्चालाई एकदेखि दुई वर्षभित्रमा माउले छाड्ने र उनीहरू आफ्नो छुट्टै क्षेत्र बनाएर बस्ने गर्छन् । 

बच्चा हुर्काएपछि चितुवा एउटै स्थानमा बस्दैनन् । चितुवाको सरदर आयु १० वर्षको हुन्छ । चितुवा आफैँ लडेर मर्ने गरेका छन् ।

डिभिजन वन कार्यालय, चितवनका सूचना अधिकारी देवीप्रसाद पौडेलले चितुवा नियन्त्रणका लागि दिउँसोमा ड्रोन, सिसी क्यामेरा जडान, खोर (केज) ट्रयापिङ र खुट्टा ट्रयापिङ (लेग ट्रयाप) प्रयोग गरिएको जानकारी दिनुभयो ।  

यसै क्रममा एउटा बच्चालाई अविनाश पोल्ट्री फार्मको झाडीबाट नियन्त्रणमा लिएलगत्तै राष्ट्रिय प्रकृति संरक्षण कोषको जिम्मेवारीमा सुम्पिएको छ ।

माउ चितुवा भने अर्को बच्चासहित बस्तीमै घुमिरहेको बताइन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक तीर्थ लामाले चितुवा रुख चढ्ने भएकाले समाउन गाह्रो पर्ने बताउनुभयो ।  
    
उक्त जङ्गली जनावर प्रायः गाउँघर तथा बस्ती वरपरका सामुदायिक वनमा बस्दै कुकुरलगायत जनावरको सिकार गर्ने गर्छ । 
 
बस्तीमा पसेको चितुवालाई नियन्त्रणमा लिन र बस्तीलाई सुरक्षित दिलाउन सबै प्रयास जारी राखिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan