Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘न्यायालय र बारले जनताको अधिकारलाई केन्द्रमा राखेर काम गर्नुपर्छ’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार | (रासस)

काठमाडौँ, २९ साउनः सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले न्यायालय र बारले जनताका अधिकारलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

    विशेष अदालत बार एशोसिएसनको ‘बेवसाइड सार्वजनिक तथा विशेष बार जर्नल प्रकाशन’ कार्यक्रममा उहाँले जनतालाई अधिकार सुनिश्चित गर्न केन्द्रित भई न्यायापालिका र बारलाई समुन्नत रूपमा विकसित गर्नुपर्ने धारणा राख्नुभयो ।

    “न्यायापालिका र बारको उद्देश्य नागरिकका अधिकारलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्नु हो”, न्यायाधीश ढुङ्गानाले भन्नुभयो, “न्यायापालिका र बारलाई समुन्नत रूपमा विकास गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी छ ।”

    भ्रष्टाचार, सम्पति शुद्धीकरण, बौद्धिक सम्पतिसहित बहुआयामिक क्षेत्रका लेख प्रकाशनमा ल्याउनु बौद्धिक र रचनात्मक काम भएको उल्लेख गर्दै उहाँले वर्तमान संविधानले नागरिकको हकअधिकार संरक्षण गर्ने भएकाले यसको रक्षा गर्नु न्यायालय र कानुन व्यवसायीको जिम्मेवारी तथा कर्तव्य भएको बताउनुभयो । उहाँले बौद्धिक खुराक भएका जर्नल ज्ञानका लागि निकै उपयोगी र प्रभावकारी हुने धारणा राख्नुभयो । 

    नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रले संविधानको पालकहरूले न्यायापालिका स्वतन्त्रता र निष्पक्ष हुनुपर्नेमा ध्यान दिई कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी दिनमा बारको जिम्मेवारी, चुनौती थपिएको बताउँदै न्यायापालिका अनुदार बन्न नहुने उल्लेख गर्नुभयो । 

    अध्यक्ष मिश्रले स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि सम्पूर्ण कानुन व्यवसायीलाई एकजुट हुन आह्वानसमेत गर्नुभयो । उहाँले विशेष अदालतमा बार एकाइ गठन भएसँगै नागरिकलाई काम कारबाही गर्न सहज भएको बताउनुभयो । 

    विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुवँरले विशेष अदालतले न्यायका सेवाग्राहीलाई सहजीकरण गर्ने उद्देश्यले बेवसाइड सार्वजनिक बताउँदै योसँगै विशेष बार जर्नल प्रकाशन गरेको जानकारी दिनुभयो । उहाँले कानुन जर्नलमा विशेष अदालतबाट भएका महत्त्वपूर्ण फैसला र सर्वोच्च अदालतबाट भएका महत्त्वपूर्ण नजिरको विश्लेषण प्रकाशन गरिएको उल्लेख गर्नुभयो । 

    अध्यक्ष कुवँरले बेवसाइडमा कानुनसम्बन्धी अध्ययन सामग्री राखिएको जनाउँदै कानुन व्यवसायी तथा कानुन अध्ययन गर्ने व्यक्तिका लागि ती सामग्री उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan