Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार | (रासस)

चितवन, २९ साउनः खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका ग्यास उद्योगबाट भरी सिलिण्डर ल्याइर एकै ठाउँबाट बिक्री गरिरहेको छ । 

    यसअघि जिल्लालाई पाँच क्षेत्रमा विभाजन गरेर भूगोलअनुसार व्यवसायीलाई बिक्री गर्न लगाएको प्रशासनले आज भरतपुर महानगरपालिका-९ मा रहेको केन्द्रीय बस ट्रमिनलबाट जिल्लाका तीन उद्योग र गैँडाकोटको एउटा उद्योगलाई ग्यास बिक्री गर्न लगाएको हो । 

    दिउँसो १ः०० बजेदेखि जिल्लाका बाबा, साईबाबा, नेपाल ग्यास र नवलपुरको जानकी ग्यास उद्योगले सिधैँ उपभोक्तालाई भरी सिलिण्डर वितरण गरिरहेका छन् । सो क्रममा चार उद्योगले तीन हजार सिलिण्डर बिक्री गरिएको जनाएका हुन् । 

    ग्यासको अभावसम्बन्धी स्थानीय प्रशासनको टोलफ्रि नम्बरमा आएका गुनासो सम्बोधन गर्दै एक हजारभन्दा बढी उपभोक्ताको घरमा ग्यास पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । स्थानीय प्रशासनले ग्यास उद्योग, डिलरलगायतमा अनुगमन गर्दा पनि उपभोक्ताकोमा ग्यास नपुगेपछि उद्योगीमार्फत उपभोक्ताको घरमा पुर्याउन लागिएको उहाँले बताउनुभयो । 

    यसरी वितरण गर्दा पनि ग्यास पाउन नसकेका उपभोक्तालाई बसपार्कबाट वितरण गरिएको प्रजिअ अर्यालले जानकारी दिनुभयो । यसअघि वितरण गरिएका आधा शिलिण्डर सकिएसँगै एकैपटक माग बढेको हुनसक्ने उहाँले बताउनुभयो । पछि पुनः ग्यास अभाव हुन्छ भन्ने लागेर पनि उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिण्डर भण्डारण गर्नाले अहिले ग्यासको समस्या देखिएको उहाँको भनाइ छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan