Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शुद्ध खानेपानीका लागि सार्वजनिक टङ्की र धारा निर्माण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३० शनिबार | (रासस)

चितवन, ३० साउनः लायन्स क्लब अफ चितवन राइजले भरतपुर महानगरपालिका-१० विशाल चोकमा खानेपानी टङ्की र धारा निर्माण गरेको छ । विशाल चोकमा रहेको प्रतीक्षालयमा बस्ने वृद्धवृद्धासहित सर्वसाधारण, बटुवा र चोक हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई शुद्ध खानेपानी उपलब्ध गराउन टङ्की र धारा निर्माण गरिएको हो । 

    खानेपानी टङ्की आज एक कार्यक्रमका बीच ज्येष्ठ नागरिक उपशाखा भरतपुर-१० लाई हस्तान्तरण गरिएको छ । लायन्सका पूर्वअन्तरराष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीको उपस्थितिमा टङ्की हस्तान्तरण गरिएको हो । बुर्लाकोटीले लायन्स सधैँ समाजसेवाको काममा सक्रिय रहेको बताउँदै यस्ता कार्यले समाजलाई दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पारिरहने बताउनुभयो । 

    डिस्ट्रिक गर्भनर प्रभाकर पण्डित, ज्येष्ठ नागरिक उपशाखा भरतपुर-१० का अध्यक्ष रघुनाथ भण्डारीलगायतको उपस्थिति थियो । कार्यक्रममा चितवन राइजका पूर्वअध्यक्ष शिरिष पन्तले खानेपानी टङ्की निर्माण तथा परिसरमा ‘मोज्याक टायल’ लगाउन लायन बालकगोपाल चुके, नेशनल कङ्क्रिटो प्रालिका सञ्चालक ईश्वरमान श्रेष्ठ, उत्सव इन्टरप्राइजेजका सञ्चालक अमर रायमाझी, गडी सेक्युरिटी सर्भिसका प्रबन्धनिर्देशक अश्विन गोलीलगायतले सहयोग गर्नुभएको जानकारी दिनुभयो ।  

    क्लबका अध्यक्ष एमजेएफ लायन डा रमेशप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम सचिव अश्विन गोलेले सञ्चालन गर्नुभएको थियो । एक हजार लिटर क्षमताको, फुडग्रेडको हाइजिनिक (खाना, पानी तथा पेयपदार्थ राख्दा वा पकाउँदा मानव स्वास्थ्यलाई असर नगर्ने सुरक्षित धातु), कीटाणुरहित सफा र स्वास्थ्यका लागि उपयोगी अन्तरराष्ट्रियस्तरको स्टिलको टङ्कीमा धारा जडान गरिएको हो । 

    चौबिसै घण्टा पानी पिउन मिल्नेगरी व्यवस्था गरिएको टङ्की निर्माण संयोजक शिरिष पन्तले बताउनुभयो । उहाँका अनुसार भरतपुर खानेपानी बोर्डद्वारा वितरीत पानीलाई टङ्कीमा जाने व्यवस्था गरिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan