अफगानिस्तानः तालिबान सत्ता पुनरागमनका पाँच बर्ष
अफगानिस्तानको तालिबान समूहले देशमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाको कहिर्गमनपछि सत्तामा फर्किएको पाँचौं वार्षिकोत्सव कडा सुरक्षा व्यवस्थाबीच मनाएको छ ।
अफगानिस्तानी तालिवान समूहले यो दिनलाई ‘विजय दिवस’ का रूपमा मनाएको छ । सत्तामा पुनरागमनको पाँच बर्षमा भएका प्रदर्शनमा नागरिक, कर्मचारी तथा सुरक्षाकर्मीहरूका समूहले सेता झण्डा हातमा लिएर काबुलका सडकहरूमा प्रदर्शन गरेका छन् ।
यो दिनको महत्व उजागर गर्न अधिकारीहरूको ठूलो भेला आयोजना गरिएको छ भने सरकारले काबुल शहरका केही भागमा हेलिकोप्टरमार्फत पुष्पवृष्टि गरेको थियो भने देशभर विविध कार्यक्रम गरिएको थियो ।
अफगान तालिबानले अमेरिकी नेतृत्वको गठबन्धन सेनाविरुद्ध वर्षौंको युद्धपछि सन् २०२१ १५ अगस्टमा सत्ता हातमा लिएको थियो। अन्तिम अमेरिकी सैनिक सन् २०२१ अगस्टको अन्त्यमा देश छाडेर गएका थिए।
यो दिन अफगानिस्तानमा सार्वजनिक बिदा दिने गरिएको छ । यसैबीच, विजय दिवसको उपलक्ष्यमा काबुल र अन्य शहरहरूमा खेल प्रतियोगितालगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका छन्।
