Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सत्र लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३० शनिबार |

भद्रपुर (झापा), ३० साउनः बैंकिङ कसुर मुद्दामा रु १७ लाख ३९ हजार ५०० जरिवाना ठहर भई फरार रहेका एक प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउपर्नेमा झापाको शिवसताक्षी नगरपालिका–११ दुधे बस्ने ५६ वर्षीय हर्कधन सेवा रहेका छन् । उच्च अदालत विराटनगर, इलाम इजलासको चार वर्षअघि गरेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा उनलाई जरिवाना सजाय सुनाएको थियो ।

    जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार घर नजिकैबाट उनलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका सेवालाई फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरी बुझाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयोे । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan