Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३० शनिबार | (रासस)

कास्की, ३० साउनः पोखराको विजयपुर खोलाले आज बगाएर बेपत्ता भएका दुई बालकको परिचय खुलेको छ ।

    बेपत्ता हुनेमा स्याङ्जाको बिरुवा गाउँपालिका–७ घर भई हाल पोखरा–१४ छिनेडाँडा बस्ने चन्द्रबहादुर गुरुङको छोरा १४ वर्षीय निकसन गुरुङ र खोटाङ स्थायी घर भई हाल पोखरा–१४ चाउथे बस्ने सुवास राईको १५ वर्षीय छोरा ओमन राई रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । 
 
    उहाँका अनुसार बालकको खोजीका लागि विजयपुर खोलाको दुवैतर्फ प्रहरी परिचालन गरिए पनि फेला पार्न सकिएको छैन । “विजयपुर नहरको पानी बन्द गरेरसमेत बगाएका बालकको खोजी गरिरहे पनि केही फेला पार्न सकेका छैनौँ, खोजतलास भइरहेको छ”, सहायक प्रजिअ बरालले भन्नुभयो ।

    पोखरा–१४ को विजयबस्तीबाट विजयपुर खोला तरेर पोखरा–२६ सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रोपावर नजिक उनीहरूलाई दिउँसो १ः०० बजेतिर खोलाले बगाएको थियो । 

    घटनाको सूचनालगत्तै जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय शिशुवा, वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी खोजीमा खटिएका छन् ।

    यसैगरी, सशस्त्र प्रहरी बेसक्याम्प कुँडहरबाट खोताखोरसहित नौ जनाको टोली खोजी र उद्धारका लागि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan