Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्णाली सरकारले जाजरकोटका पहिरो प्रभावितको तथ्याङ्क सङ्कलन गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १ सोमबार | रासस


कर्णाली, १ भदौः कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गर्ने भएको छ ।

प्रदेश सरकारले पहिरोबाट भएको जनधनको क्षतिको यथार्थ विवरण सङ्कलन गरी त्यसैका आधारमा राहत, पुनःस्थापना तथा पुनर्निर्माणका योजना र कार्यक्रम अघि बढाउने निर्णय गरेको प्रदेश सरकारका सचिव लक्ष्मीकुमार विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरामा परी मृत्यु भएका परिवारलाई दुर्घटना बिमामार्फत राहत उपलब्ध गराउने, क्षतिग्रस्त घर तथा विद्यालयको पुनर्निर्माण र मर्मत गर्ने तथा घाइतेको उपचारका लागि आवश्यक प्रबन्ध मिलाइनेछ ।

पहिरोबाट पशुपन्छी तथा कृषि बालीमा भएको क्षतिको विवरण सङ्कलन  गरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत आवश्यक सहयोग उपलब्ध गराउने निर्णयसमेत भएको उहाँले बताउनुभयो ।

जाजरकोटलगायत प्रदेशका सबै जिल्लामा पहिरोका कारण अवरुद्ध राजमार्ग तथा अन्य सडक खुलाउन भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय भएको छ ।

पूर्ण रूपमा क्षति भएका घर पुनर्निर्माणका लागि उपलब्ध गराइने अस्थायी आवास अनुदान यथाशीघ्र उपलब्ध गराउन पहल गर्ने निर्णयसमेत भएको सचिव विकले जानकारी दिनुभयो ।

विपद् प्रतिकार्यका लागि सम्बन्धित क्लस्टरको बैठक सम्बन्धित मन्त्रालयले आयोजना गर्ने तथा राहत सामग्री वितरण गर्दा जिल्ला प्रशासन कार्यालय जाजरकोटसँग समन्वय गर्ने जिम्मेवारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिने निर्णय भएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan