Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भन्सार छलीका विद्युतीय स्कुटर नियन्त्रणमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार |

वीरगञ्ज (पर्सा), २ भदौः प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याइएका १२ वटा विद्युतीय स्कुटर आज नियन्त्रणमा लिएको छ । 

    वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा भन्सार छली चोरी–पैठारी गरी नेपाल भित्र्याई अनधिकृत रुपमा चलाइरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । अन्दाजी मूल्य रु नौ लाख ६० हजार बराबरको १२ वटा भारतीय विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो । 

    नियन्त्रणमा लिइएका इलेक्ट्रिक स्कुटर थप अनुसन्धान लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan