Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेपत्ता ९ सशस्त्र प्रहरीलाई ७ दिनको अल्टिमेटम

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार |
newsabhiyan

काठमाडौं, ३ भदौ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले लामो समयदेखि बिदा तथा आफुखुसी लाइन–ब्यारेक छाडेर गैरहाजिर रहेका ९ जना सशस्त्र प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ ।

 कार्यालयले सम्बन्धित कर्मचारीलाई बाटोको म्यादबाहेक ७ दिनभित्र गैरहाजिर रहनुको मनासिव कारणसहित सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो । 

गैरहाजिर रहेकाहरुमा सशस्त्र प्रहरी जवान रामा गिरी, भानुभक्त बुढाथोकी, प्रेमबहादुर खत्री, अनिल लुहार, उमेश रुपचा, होमेचन्द्र राई, रमेश लिम्बु रहेका छन् ।

यस्तै, सशस्त्र प्रहरी परिचर (सप्रप) महेन्दर पासी र विकास राई रहेका छन् । उनीहरू सशस्त्र प्रहरी बलका विभिन्न बाहिनी, गण, गुल्म तथा अन्य कार्यालयमा कार्यरत रहेको जनाइएको छ । 

कार्यालयका अनुसार बिदा तथा आफुखुसी लाइन–ब्यारेक छाडेर गएपछि उनीहरू कुनै किसिमको सम्पर्कमा समेत नरहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan