Thursday 27th of August | २०८३ भदौ ११ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

परराष्ट्रमन्त्री खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार | (रासस)
newsabhiyan

काठमाडौँ, ११ भदौः परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा खलिलुर रहमानबीच आज टेलिफोन वार्ता भएको छ । 

टेलिफोन वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीबीच नेपालमा बुधबार भएको विपद्पछि जारी खोज, उद्धार तथा राहतकार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
    
सो अवसरमा परराष्ट्रमन्त्री खनालले बाढीबाट आक्रान्त नेपाललाई अत्यावश्यक सहयोग गर्ने प्रस्ताव गरेकामा बङ्गलादेश सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले बाढीपीडितको उद्धार, राहत र सहयोगका विषयमा नेपालले बङ्गलादेशसँग निकट समन्वय कायम राख्ने बताउनुभयो । 

रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतकार्य जारी रहेको विषम अवस्थामा दुई देशका विदेशमन्त्रीबीच उक्त टेलिफोन वार्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan