Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ताप्लेजुङमा १ कैजना साहित्यकारलाई फुङ्लिङ नगरपालिकाले रू. १ लाख ५१ हजारले सम्मान गरे

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार |
newsabhiyan

  ताप्लेजुङ भाद्र १५ गते, फुङ्लिङ नगरपालिकाको आयोजनामा वरिष्ठ साहित्यकार एवं साधक राजेश्वर थापालाई आज राष्ट्रिय पुस्तकालय दिवसको उपलक्ष्यमा रु.१ लाख ५१ हजार सहितको ताम्रपत्रले सम्मान गरिएको छ । अहिलेसम्म ताप्लेजुङमा व्यक्तिले पाएको सबैभन्दा ठूलो यो  पुरस्कारको राशी रहेको छ । नगरपालिकाको आफ्नै सभाहलमा नगर प्रमुख एवं कार्यक्रमका अध्यक्ष अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा र प्रमुख प्रशासकीय अधिकृत मोहनलाल कनेरुको संयुक्त बाहुलीद्वारा सम्मान गरिएको कार्यक्रमको सञ्चालक कृष्ण प्रसाद सुबेदीले गर्नुभएको थियो ।
             सामुहिक राष्ट्रिय गानबाट सुरु गरिएपछि, गत भाद्र १० गतेको अकल्पनीय विनाशकारी ज्यान गुमाउनुहुने दिवंगत आत्माहरू प्रति एक मिनेट मौन धारण गरिएको  उक्त समारोहमा विशेष अतिथिहरू दीपज्योति पुस्तकालयका संस्थापक एवं सर्जक भरत गुरुङ, मुकुमलुङ्ग साहित्यिक प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोक, कञ्चनजङ्गा साहित्य प्रतिष्ठानका शान्तिराम नेपाल, समाजसेवी तथा साहित्यकार चन्द्र मादेन आन्छन, पाथीभरा क्षेत्रविकास समितिका कार्यकारी प्रमुख प्रजीन हाँग्बाङ, प्याप्सनका निवर्तमान अध्यक्ष युवराज गिरी, समाजसेवी एवं बौद्धिक व्यक्तित्व सुन्दर मोहन शाक्य आदि वक्ताहरू सबैले वरिष्ठ साहित्यकार थापा जस्तो व्यक्तित्वलाई सम्मान गरिएकोमा प्रशंसनीय कार्य भएकोले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो भने अधिकृत मोहनलाल पनेरुद्वारा स्वागत मन्तव्य राख्नुभएको थियो ।
               सो समारोहमा - भूमि प्रशासन कार्यालयका प्रमुख डिल्ली प्र. सिटौला, फुङ्लिङ नगरपालिकाका अधिकांश वडाध्यक्षहरु, वाणिज्य सङ्घका प्रतिनिधिहरू, प्याप्सनका जिल्ला अध्यक्ष, पत्रकार महासंघका जिल्ला अध्यक्ष, शिक्षक महासङ्घका जिल्ला अध्यक्ष, विभिन्न साहित्यकारहरू एवं गन्यमान्य व्यक्तित्वहरुको उल्लेख्य उपस्थित रहेको थियो । अभिनन्दित वरिष्ठ लेखक राजेश्वर थापाले "आफूले त्यत्रो पुस्तक लेखेर पनि खासै त्यस्तो उल्लेख्य कार्य नगरेको, हरेक मानिसहरूले कुनै पनि कर्म गर्नु छोड्नु नहुने र आफूलाई सम्मान गर्नुहुने फुङ्गलिङ्ग नगरपालिकाका प्रमुख सहित सबैलाई धन्यवाद" दिनुभएको थियो । समारोहका अध्यक्ष मेयर अमिर मादेनले "साहित्य क्षेत्रलाई जगेर्ना गर्न उठाउन धेरै साथीहरुले कन्जुस्याई गर्नुभएता पनि आफू सधैं सकारात्मक भई सहयोग गर्ने र आगामी दिनहरुमा पनि साहित्यिक क्षेत्रको लागि रु ५ लाख माथि सहयोग गर्ने" प्रतिबद्धता जाहेर गर्नुभयो । स्मरण रहोस्  -- केहि महिनाअघि लेखक एवं साहित्यकार राजेश्वर थापाले आफैंले छ दर्जनभन्दा बढी लेखेको पुस्तक सहित अन्य गरी पाँच हजारभन्दा बढी पुस्तकहरू नगरपालिकालाई हस्तान्तरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan