थाइल्याण्डमा नेपाली बालबालिकाले जिते एक शिर्ष सहित चार उपाधि
काठमाडौं । नेपाली बालक सुर्यान्स श्रेष्ठले थाइल्याण्डमा 'जुनियर मोडल इन्टरनेसनल २०२६' को शिर्ष उपाधि जित्न सफल भएका छन् ।
२५ देशका बालबालिका सहभागी अन्तर्राष्ट्रिय प्रतियोगीता श्रेष्ठले अन्य प्रतिस्पर्धीलाई पछि पर्दै शिर्ष उपाधि हात पारेका हुन् । कार्यक्रममा श्रेष्ठले प्रि टिन बिधामा 'प्रिन्स अफ एशिया' को सब–टाइटल समेत हात परे ।
गत १९ तारिबबाट सुरु भई आइतबार साँझ सम्पन्न प्रतियोगीतामा नेपालका तर्फबाट श्रेष्ठ सहित शिवांशु अर्याल, अदिश्री आचार्यले सहभागीता जनाएका थिए । प्र
तियोगीतामा शिवांशुले जुनियर बिधामा सब–टाइटल 'प्रिन्स अफ एशिया' जित्दा अदिश्रीले 'प्रिन्सेस अफ एशिया' सब–टाइटल जिन्त सफल रहिन् ।
प्रतियोगीतामा नेपाली प्रतिस्पर्धीहरू मध्य अदिश्रीले नेपालको स्थानीय कपडा 'ढाका' को पहिरन मार्फत नेपाली मौलिक फेब्रिक, शिवांशुले नेपालको ऐतिहासिक 'ढुङ्गेधारा'को इतिहास र वास्तुकला झल्किने भेषभूषासहित र सुर्यान्शले विश्वको सर्वोच्च शिखर सगरमाथा र शान्तिका दूत भगवान बुद्धको देशका रूपमा नेपाललाई चिनाउने प्रस्तुति दिएका थिए ।
कार्यक्रममा नेपाली टोलीले बाजा र मौलिक भेषभूषासहित नेवारी संस्कृति र परम्परा झल्किने गीतमा विशेष प्रस्तुति दिदै सबैलाई मोहित तुल्याएका थिए ।
नेपाली बालबालिकालाई प्रतियोगीतामा सहभागी गराउने काम रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको हो । प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए । सबै प्रतियोगिको फेसन कन्सेप्ट डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।
