Sunday 23rd of August | २०८३ भदौ ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय कविता प्रतियोगिताः जुम्लाका मञ्जिल प्रथम

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ७ आइतबार | (रासस)

मकवानपुर, ७ भदौः मकवानपुरको भीमफेदी गाउँपालिकाले साहित्यकार तुल्सी थापाको स्मृतिमा आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा गुठचौर गाउँपालिका-४, जुम्लाका हेमप्रकाश मञ्जिल प्रथम हुनुभएको छ । ‘छुटेपछि देश’ शीर्षकको कविता प्रथम भएको हो । 

    मकवानपुरको भीमफेदी-१ मा आज आयोजित कविता प्रतियोगितामा प्रथम हुँदै कवि मञ्जिलले नगद रु ५० हजार प्राप्त गर्नुभयो । प्रतियोगितामा लालबन्दी नगरपालिका-४, सर्लाहीका सुमन घिमिरेको ‘म देश कसरी बनाउँ ?’ शीर्षकको कविता द्वितीय भई रु ३० हजार, अर्जुनधारा नगरपालिका-५, झापाका योगराज पौडेलको ‘मातृगाथा’ कविता तृतीय भई रु २० हजार प्राप्त गर्नुभयो । प्रतियोगितामा काठमाडौँका चेतना शर्माको ‘रातो क्यानभास’ कविता र भीमदत्त नगरपालिका-१८, कञ्चनपुरका धीरज नाथको ‘बगैँचा’ कवितालाई प्रोत्साहन स्वरुप रु १०-१० हजार प्रदान गरिएको छ । 

    विजयी सबैलाई गाउँपालिकाका अध्यक्ष हिदम लामाले नगद पुरस्कार प्रदान गर्दै नेपाली साहित्यको उत्थानमा साहित्यकार तुल्सी थापाको योगदानको स्मरणसहित राष्ट्रियस्तरको कविता प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । देशका सातै प्रदेशबाट प्राप्त ४९२ मध्येबाट छानिएका उत्कृष्ट १० कविता वाचन गराएर पुरस्कार प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । आगामी दिनमा साहित्य विकास र श्रष्टाको सम्मानका लागि यस्ता कार्यक्रमलाई पालिकाले निरन्तरता दिने अध्यक्ष लामाको भनाइ छ । 

    गाउँपालिकाले गत साउन १२ गते सूचना प्रकाशित गरी प्रतियोगितामा सहभागी हुन आह्वान गरेको थियो । प्रतियोगितामा विषयवस्तु, भाषा, सिर्जनात्मकता, सन्देशलगायत आधारमा कवितालाई मूल्याङ्कन गरिएको निर्णायक समितिका संयोजक साहित्यकार डा निमेष निखिलले जानकारी दिनुभयो । गाउँपालिकाको आयोजना एवं बुढ्यौली साहित्य समाज नेपाल, मकवानपुरको व्यवस्थापनमा भएको प्रतियोगितामा कवि श्रवण मुकारुङ्, साहित्यकार आभाषलगायत उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan