Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार | (रासस)

काठमाडौँ, १६ भदौः भाद्र कृष्ण पञ्चमीका दिन गरिने कोलमती घाट स्नान आज गरिँदैछ । यस दिन कागेश्वरी नगरपालिका वडा नं ४ अन्तर्गत डाँछीमा कोलमती घाटस्नान गरे पाप पखालिएर पुण्य प्राप्त हुने स्कन्द पुराणअन्तर्गतको हिमवतखण्ड (नेपाल माहात्म्य)लगायत पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । 

    वाग्मती नदीको तीर वर्णन क्रममा नेपाल माहात्म्यको १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको छ । कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरे बराबरको फल मिल्ने वर्णन गरिएको छ ।

   कोललाई बराह भनिने भएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ । कोलमती वाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ ।

    कोलमती र वाग्मती मिसिने स्थानमा चैलमती मिसिएर त्रिवेणीघाट बनेकाले यो स्थलको महत्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । वामन अवतार लिनुभएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहन गएको हो । 

    चैलमती अपभ्रंश भई ‘चौलमती’ भएको मानिन्छ । यहाँ ब्रह्माले वामनरुपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई अहिले पनि चौलनारायणका रूपमा पूजा आराधना गरिन्छ ।

    कोलमती घाटभन्दा केही माथि कोलमतेश्वर महादेव मन्दिर छ । हाल त्यहाँ नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर निर्माण गरिएको छ । पीठाधीश स्वामी जगदीश प्रपन्नाचार्यको सक्रियतामा हयग्रीव मन्दिर निर्माण भएपछि आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको आकर्षण बढ्न थालेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan