Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रादेशिक अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार | (रासस)
newsabhiyan

सुदूरपश्चिम, १६ भदौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल, धनगढीको सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

आज अस्पतालको अनुगमन गर्दै उहाँले उपलब्ध स्रोतसाधन र जनशक्तिको अधिकतम उपयोग गर्दै प्रभावकारी सेवा प्रवाहका लागि निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री भट्टले स्वास्थ्य सेवा सुधार प्रदेश सरकारको प्रथमिकतामा रहेकाले अस्पतालमा आवश्यक सेवा र पूर्वाधार विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । 

“सेती प्रादेशिक अस्पताल यहाँका धेरै नागरिकको भरोसा पनि हो, त्यसैले अस्पतालको सेवा प्रवाहसँगै भौतिक तथा संरचनागत सुधारमा प्रदेश सरकारले ध्यान दिन्छ”, मुख्यमन्त्री भट्टले भन्नुभयो, “अस्पताल प्रशासन र यहाँ कार्यरत सबैले अस्पतालको समग्र व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक छ । त्यसमा सुधारका लागि प्राथमिकताका साथ काम गर्नुहोला ।”

मुख्यमन्त्री भट्टलेसेती मात्र नभई सुदूरपश्चिमका सबै अस्पतालको सेवा सुधार गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan