Saturday 10th of October | २०८३ असोज २४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेसको १५औँ महाधिवेशन : राष्ट्रिय सभागृहमा मतगणना हुने, सीसी क्यामेराबाट निगरानी गरिने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ। मतदान सम्पन्न भएसँगै मतगणनाका लागि तयारी अघि बढाइएको छ।

सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा रहेको छ। दुवै उम्मेदवारले प्राप्त गरेको मत गणना गर्न राष्ट्रिय सभागृहमा आवश्यक व्यवस्थापनको काम भइरहेको छ।

मतगणनाका लागि तीन स्थानमा व्यवस्था मिलाइएको छ। मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने काम भइरहेको छ भने मतगणना सीसी क्यामेराको निगरानीमा गरिने तयारी छ।

मतगणना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सीसी क्यामेराको निगरानीमा गणना गर्ने व्यवस्था मिलाउन लागिएको हो। अब मतगणना सुरु भएपछि सभापति पदका उम्मेदवारहरूले प्राप्त गर्ने मतपरिणामप्रति महाधिवेशन प्रतिनिधि तथा कांग्रेसका नेता–कार्यकर्ताको चासो रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan