Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रुसलाई नेटोको सैन्य चेतावनी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार | (रासस-एएफपी)

ब्रसेल्स, २६ असोज : रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का शीर्ष सैन्य कमान्डरले रुसलाई सम्भावित आक्रमणको सामना गर्न गठबन्धन सक्षम रहेको सन्देश दिने तयारी गरेका छन् ।

नेटोका सर्वोच्च सहयोगी कमान्डर युरोप अमेरिकी जनरल एलेक्सस ग्रिन्केविचले पोल्यान्डको वार्सामा सुरक्षा सम्मेलनमा गठबन्धनको ‘विजयको सिद्धान्त’ प्रस्तुत गर्ने अधिकारीहरूले बताएका छन् । यसले आक्रमणको प्रतिरोध र आवश्यक परे त्यसलाई परास्त गर्ने नेटोको क्षमता स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

जर्मनीको विमानस्थलमा विस्फोटक पदार्थ बोकेको ड्रोन फेला परेपछि युरोपमा रुसको गतिविधिबारे चिन्ता बढेको छ । पश्चिमी अधिकारीहरूले युक्रेनका समर्थक देशविरुद्ध मस्कोले तोडफोड र हस्तक्षेपजस्ता गतिविधि बढाएको आरोप लगाएका छन् ।

रुसको सम्भावित आक्रमण रोक्न नेटोले आफ्नो रक्षा योजना गोप्य राख्दै आएको छ । नयाँ सम्बोधनबाट रणनीतिका विस्तृत विवरण सार्वजनिक हुने सम्भावना कम भए पनि यसले रुसलाई चेतावनी दिनुका साथै पूर्वी सदस्य राष्ट्रलाई आश्वस्त पार्ने अपेक्षा गरिएको छ ।

यसैबीच, अमेरिकी रक्षा मन्त्रालयले युरोपमा तैनाथ आफ्ना सेनाको सङ्ख्या र भूमिकाबारे समीक्षा गरिरहेको छ । अमेरिकी सेना कटौती हुन सक्ने चिन्ताबीच युरोपेली देशहरूले आफ्ना सैन्य क्षमता सुदृढ बनाउन प्रयास तीव्र पारेका छन् । समीक्षाको नतिजा वर्षको अन्त्यसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan