Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिमालबाट महाविपद्को सन्देश

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार |
newsabhiyan

काठमाडौं, २७ असोज । हिमालले बजायो, मृत्युघण्टा । नेपालले, विश्वले सुन्ने कहिले ?

डेढ महिनामा भोटेकोशी र बुढीगण्डकीमा आकस्मिक बाढीको महाविपद झेलेका हौं । हिमनदी, ताल फुटोस् कि हिमाली क्षेत्रबाट बग्ने थुनिएको नदी फुटेर बाढी आओस्, नेपालमा जेजस्तो विपद्पछि बिपद् आइरहेका छन्, त्यो सबै जलवायु परिवर्तन र पृथ्वीमा बढेको तापक्रमको सन्तुलन नमिलेरै हो ।

यसबारेमा प्रधानमन्त्रीले राष्ट्रसंघमा आवाज उठाइसकेका छन्, विश्वले त्रसित नजरले नेपालमा बाढीबाट भएको जनधनको क्षति र बिकराल बिपद्लाई हेरेको छन् । सोचेका होलान् , अब सूचना प्रणालीको विकास, हिमालको सुरक्षाका लागि पर्याप्त अनुसन्धान हुन जरूरी देखियो ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार भदौ १० र २५ गतेको भोटेकोशी र बुढी गण्डकीको बाढीमा वर्षाको कारण देखिएन । अर्थात् हिमालको जोखिम बढेको छ, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि हिमालले दिएको महाविपद्को सन्देशलाई छिटो बुझ्नुपर्नेछ ।

सूचना सार्वजनिक भएका छन्, केही हिमतालहरू फुट्ने तैयारीमा छन्, ती फुटे भने अझ ठूलो बाढीको प्रकोपमा नेपाल र नेपाली पर्नेवाला छन् । यसको साइड इफेक्टबाट विश्व समुदाय अछुत रहनेवाला छैनन् ।

जसरी चीनतर्फको हिमालहुँदै भोटेकोशी बनेर बग्ने नदी हो भने बुढी गण्डकी गणेश हिमालबाट बग्ने नदी हो । हिमाली क्षेत्रमा भएका हिमनदी, साना खोला र खोल्साहरू ठाडो भिरालो हुँदै बग्दा त्यसमा ताल फुटेर मिसियो भने बौलाएर बाढी आउने हो ।

जसलाई नेपाल एक्लैको हैसियतले नियन्त्रणमा लिन सकिन्न । यसकारण जलवायु परिवर्तनका अनेकन प्रकोपलाई झेल्न विश्वस्तरबाटै सहयोगी हात बढाउनुपर्छ ।

त्यसै पनि नेपालले कार्वन उत्सर्जन सामान्य रूपमा मात्र गर्छ । औद्योगिक राष्ट्रहरूले अत्यधिक कार्वन उत्सर्जन गर्दा हिमालमा तापक्रमको दुस्प्रभाव पर्छ र २ अर्बभन्दा बढी मानिसले पिउने पानीमा असर गर्छ ।

हिमाल प्रदूषित हुनु, कालाम्मे भएर जानु भनेको मानवीय समस्याको जड पनि हो । यसकारण हिमालको सन्देश विश्वकै लागि संवेदनशील सन्देश पनि हो ।

भोटेकोशीको बाढीमा हजारौं मानिस बेपत्ता हुनपुगे, हजारौंको मृत्युको कारण बन्यो, पूर्वाधारहरू बिनष्ट हुनपुग्यो । बुढीगण्डकीले पनि ५ जनालाई बगायो, गाउँ, स्कुल, सडक, जलविद्युतलगायतका संरचना बगायो ।

नेपाल विपद्माथि विपद् झेल्न बाध्य भइरहेको छ । हिमाली र पहाडीमात्र होइन, बाढीको प्रकोपले तराईका गाउँसहर वस्ती पनि मानसिक रूपमा प्रताडित भइरहेका देखिन्छन् ।

विज्ञहरूका अनुसार बाढीपहिरोबाट क्षति रोक्नका लागि जोखिमयुक्त क्षेत्रमा नदीको जलसतह मापन गर्ने उपकरण, भिरको निगरानी, साइरन र समुदायसम्म तत्काल सूचना पु¥याउने प्रणाली स्थापना गर्नैपर्छ ।

अधिकांश हिन्दकुश हिमालय क्षेत्रमा सूचना प्रणाली विकास गर्न विश्वमै सबैभन्दा बढी कार्वन उत्सर्जन गर्ने चीनले विशेष पहलकदमी लिनुपर्छ ।

कार्वन उत्सर्जनबाट पृथ्वीको तापक्रम बढाउने अरू, त्यसको अपूरणीय क्षति बेहोर्नुपर्ने नेपालले । यो अन्याय हो । यो अन्यायबाट नेपालले न्याय पाउनैपर्छ । राष्ट्रसंघमा उठाइएको न्यायको आवाज पनि यही हो ।

बाढी र बिपद्का कारण नेपालको आर्थिक र सामाजिक जनजीवन अस्तव्यस्त हुनपुगेको छ । त्यसमाथि पर्यटन उद्योग समेत धरासायी हुनेवाला खबर गोरखा एक्सप्रेसमा उल्लेख छ ।

यसैले विज्ञ, विशेषज्ञहरूले अब के गर्नुपर्छ, यसबारेमा सरकारलाई सुझाव दिनुपर्छ र आधुनिक विश्वसमुदायले पनि सहयोगी हात बढाउनुपर्छ ।

नेपाल त्यसैपनि अविकसित थियो, झन झन समस्याग्रस्त हुनपुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan