Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चोरीमा संलग्न चार जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ मंगलबार |

काठमाडौं :  चोरीमा संलग्न रहेको अभियोगमा ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत घर भई काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने २५ वर्षीय विकास पोदार, ४६ वर्षीया विणा देवी, चन्द्रागिरी नगरपालिका-१० सतुंगल बस्ने १९ वर्षीय राजु पोदार र २३ वर्षीय राजेन्द्र कुमार रहेका छन् ।

काठमाडौं महानगरपालिका-१४ कलंकी तासिङडोल मार्ग बस्ने सिता थपलियाको फ्ल्याटबाट र निरञ्जन नेपालको घरबाट नगद, सुन तथा चाँदीका गरगहनाहरू लगायतका धनमालहरू चोरी गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको   हो ।

प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहनाहरू, मोबाइल १६ थान, घडी १० थान लगायतका सरसामान समेत बरामद गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan