Friday 27th of November | २०८३ मङ्सिर ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : चौरजहारीमा शारीरिक सुगठन प्रतियोगितामा सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ११ शुक्रबार |

रुकुमपश्चिम, ११ मङ्सिर : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रुकुमपश्चिमको चौरजहारीमा आजदेखि शारीरिक सुगठन (बडीबिल्डिङ) खेल सुरु भएको छ । 

    खेलको कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

    खेलकुदले युवाको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, आत्मविश्वास र राष्ट्रप्रतिको गौरव बढाउने उल्लेख गर्दै उहाँले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका लागि गौरवको विषय भएको बताउँदै मन्त्री खड्का रोकाले प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकार, स्थानीय तह, खेलकुद क्षेत्रका सरोकारवाला, खेलाडी तथा आमनागरिक सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । 

    उहाँले प्रतियोगितामा सहभागी खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै खेलकुदमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा कर्णालीको पहिचान स्थापित गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । चौरजहारीमा सञ्चालन भइरहेको शारीरिक सुगठन प्रतियोगितामा सातवटै प्रदेशका साथै विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका खेलाडी सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan