Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्याङ्करमा आगलागी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २१ बिहीबार | (रासस)

जनकपुरधाम, २१ साउनः मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर रौतहटको गुजरा नगरपालिका–३ धनसारमा आगलागी भएको छ । 

आज बिहान पेट्रोल बोकेको उक्त ट्याङ्कर बाराको अमलेखगञ्जबाट पेट्रोल बोकेर सर्लाहीतर्फ आउँदा  सडकमा मृगलाई जोगाउने क्रममा पल्टिँदा आगलागी भएको रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिनुभयो  । 

इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी टोली तथा चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाबाट आएको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । 

घटनास्थलमा मानवीय क्षति भएको छैन् । ट्याङ्कर चालक नियन्त्रणमा हुनुहुन्छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan