Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

करिब ६ सय ४७ किलो गाँजा सहित दुई जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २१ बिहीबार |
newsabhiyan

धनकुटा, २१ साउन : साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ४७ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुरकैलाश गाउँपालिका-३ बस्ने २७ वर्षीय उमेश थिङ तामाङ र धनकुटाशहिदभूमि गाउँपालिका-१ बस्ने ३६ वर्षीय तुलाराम राई रहेका छन् । 

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले विराटनगरतर्फ जाँदै गरेको ना.३ ख ५०९५ नम्बरको ट्रकलाई जाँच गर्दा लुकाईछिपाई ल्याइएको ४८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक उमेश र सहचालक तुलारामलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan