नर्सिङ काउन्सिलमा नयाँ नेतृत्व
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २१ बिहीबार | (रासस)
काठमाडौँ, २१ साउनः नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, उपाध्यक्षमा विमलाकुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेसँगै काउन्सिलले नयाँ नेतृत्व पाएको हो ।
नवनियुक्त अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री मेहताको सचिवालय अनुसार शपथ ग्रहणसँगै उहाँहरूले नेपाल नर्सिङ काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको छ ।
