Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कास्कीमा बाढीले दुई मेटल पुल बगायो, मन्दिरमा फसेका तीन जनाको उद्धार प्रयास जारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार |

कास्की । अविरल वर्षापछि आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाउनुका साथै मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरको आधा भागसमेत बगाएको छ। बाढीका कारण मन्दिरमा रहेका एक सन्त पुजारीसहित तीन जना फसेका छन्।

साउन २९ गते राति करिब २ः१५ बजे अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमास्थित नयाँपुल–बिरेठाँटी सडकखण्ड नजिकै मोदीखोलामा आएको बाढीले मन्दिरमा आवतजावतका लागि प्रयोग हुँदै आएका कास्की र पर्वततर्फका दुईवटा मेटल पुल बगाएको हो।

मन्दिरमा एक जना सन्त पुजारी र दुई जना भक्तजन फसेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट उद्धार टोली परिचालन गरिएको छ।
चार जना रोप रेस्क्यु तथा तीन जना गोताखोरसहितको टोली आवश्यक विपद् उद्धार सामग्री लिएर राति २ः३५ बजे घटनास्थल पुगेको थियो।

सुरक्षाकर्मीले जोखिमपूर्ण अवस्थामा मन्दिरमा फसेका तीनै जनाको उद्धारका लागि प्रयास जारी राखेका छन्। बाढीको बहाव तीव्र रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको सुरक्षाकर्मीले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan