Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रसारण लाइनको ‘ह्वीलिङ चार्ज’का बारेमा आवश्यक निर्देशिका तर्जुमा भइरहेको छः मन्त्री श्रेष्ठ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार | (रासस)

काठमाडौँ, २९ साउनः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले नेपालको विद्युत् प्रसारणलाई सहजीकरण गर्नेगरी काम गर्दै आइएको बताउनुभएको छ ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालको बहसमूलक कार्यक्रम ‘फ्राइडे फोरम’ पुनः शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँचसम्बन्धी निर्देशिकामार्फत विद्युत् नियमन आयोगमार्फत प्रसारणलाइनको ह्वीलिङ चार्जका बारेमा आवश्यक नीति तर्जुमा गर्ने तयारीमा सरकार जुटेको बताउनुभयो ।

    मन्त्री श्रेष्ठले सरकारले अघि सारेको नीतिले लगानी भित्र्याउन पनि यसले सहयोग पुग्ने बताउनुभयो । उहाँले फ्राइडे फोरम पुनः शुभारम्भको शुभकामना व्यक्त गर्दै आजको समूहगत छलफलले अझ प्रभावकारी रूपमा मार्गदर्शन गरोस् भन्ने धारणा व्यक्त गर्नुभएको छ । 

    नेपाल विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक प्रबल अधिकारीले नेपालमा करिब १२ हजार मेगावाटको विद्युत् खरिद–बिक्री सम्झौता भइसकेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणले धेरै जोखिम मोलेर विद्युत् व्यापार गर्न सम्भव नभएको स्पष्ट पार्नुभएको छ । उहाँले यथाशीघ्र निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने अवस्था आइसकेको बताउनुभयो ।

    स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपालका अध्यक्ष मोहनकुमार डाँगीले फ्राइडे फोरमलाई ऊर्जा क्षेत्रको समस्यामात्रै उजागर गर्ने नभएर समाधान खोज्ने मञ्चका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो । 

    विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले विद्युत् उत्पादन, प्रसारण, वितरण र व्यापार क्षेत्रलाई नियमन गर्ने भनेर ‘विद्युत् नियमन आयोग ऐन’ले विद्युत् नियमन आयोगलाई अधिकार दिएको बताउँदै अब विद्युत् निर्यात र व्यापारलाई सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan