Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा पाँडे नियुक्त

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार |
newsabhiyan

काठमाडौं, २ भदौ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त हुनु भएको  छ ।

उहाँले २९ गतेदेखि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार ग्रहण गरिसक्नु भएको छ ।

बैंकिङ क्षेत्रमा करिब २५ वर्षभन्दा बढिको अनुभव सगालीसक्नु भएका नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पाँडेले यस अघि ग्लोबल आइएमई बैंक, साविकको जनता बैंक, लक्ष्मी बैंक तथा कुमारी लगायतका बैंकमा विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसक्नु भएको छ ।

बंगलोर विश्वविद्यालयबाट वित्तविषयमा MBA प्रथम श्रेणी साथै अलिगढ मुस्लिम विश्वविद्यालयबाट Electrical Engineering with Honors मा B-Tech उपाधि हासिल गर्नु भएका नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पाँडेसंग योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार, एसएमई तथा रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसन, जोखिम व्यवस्थापन तथा अनुपालन लगायत ट्रेड फाइनान्स तथा ट्रान्जेक्सन बैंकिङ क्षेत्रको गहिरो अनुभव रहेको छ ।

त्यसैगरी, मर्जर, एक्विजिसन तथा एकीकरण, वित्तीय विश्लेषण तथा उत्पादन विकास, दिगो तथा हरित बैंकिङ लगायतका क्षेत्रमा समेत उहाँले महत्वपूर्ण अनुभव हासिल गर्नु भएको छ ।

नेतृत्व क्षमता तथा नतिजामुखी कार्यशैलीका लागि परिचित पाँडेको नियुक्ती सगै माछापुच्छ्रे बैंकले लामो बैंकिङ अनुभव, तथा वित्तीय विशेषज्ञताबाट बैंकको व्यवसाय विस्तार, सेवा प्रवाहमा सुधार र रणनीतिक लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan