Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतमा विषाक्त मदिरा सेवनका कारण आठ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार | (रासस/सिन्ह्वा)

नयाँदिल्ली, ५ भदौ : भारतको पश्चिमी राज्य गुजरातमा मेथनोल मिसाएको नक्कली मदिरा पिएपछि विगत २४ घण्टामा कम्तिमा आठ जनाको मृत्यु हुनुका साथै करिब ४० जना बिरामी परेको जनाइएको छ ।

गुजरातको भावनगर क्षेत्रबाट मानवीय क्षति भएको खबर आएको जनाइएको छ भने बिरामी परेका व्यक्तिलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

गुजरात भारतको सुक्खा राज्यहरूमध्ये एक हो, जहाँ मदिराको सेवन र बिक्री पूर्ण रूपमा प्रतिबन्धित छ भने मदिराको कारोबार गर्ने व्यक्तिहरूले कडा कानुनी तथा आर्थिक दण्डको सामना गर्नु गर्ने प्रावधान रहेको छ । 

यद्यपि, केही स्थानीयहरूले घरयासी उपभोगका लागि आफ्नै रक्सी बनाउने जोखिम मोलने गरेको र यस्ता खराब अभ्यासहरूले भारतका विभिन्न स्थानमा मानवीय हताहत हुने गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan