जापानको शिजुओकामा जहाजमा आगलागी हुँदा एक जनाको मृत्यु, नौ अस्पताल भर्ना
टोकियो, ५ भदौ : मध्य जापानको सिजुओका प्रान्तमा शुक्रबार बिहान निर्माणाधीन जहाजमा आगलागी भएपछि एक जनाको मृत्यु हुनुका साथै कम्तीमा नौ जनालाई अस्पतालमा भर्ना गरिएको स्थानीय मिडियाले जनाएका छन् ।
सरकारी मिडिया एनएचकेका अनुसार, कामदारहरूले मुरेड जहाजमा अपरेसन गरिरहेको अवस्थामा आगलागी भएको हो सिजुओका सहरको जहाज निर्माण कम्पनीका एक कर्मचारीले आपतकालीन सेवाहरूलाई टेलिफोनमार्फत घटनाको जानकारी गराएको जनाइएको छ ।
प्रहरी र अग्नि अधिकारीहरूलाई उद्धृत गर्दै जारी गरीएको प्रतिवेदनमा एकजना कामदारको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा नौ जनालाई धुवाँको प्रभावलगायतका अन्य लक्षणहरू देखापरेपछि अस्पताल लगिएको जनाइएको छ ।
अधिकारीहरूले घटनाको वरपरको परिस्थिति र आगलागीका कारणबारे अनुसन्धान सुरु गरिसकेको जनाएका छन् ।
