Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार | (रासस)

काठमाडौँ, ५ भदौः कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ । यो गत वर्षको तुलनामा १.९२ प्रतिशतले धेरै हो । विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आजसम्म १३ लाख ४१ हजार ७६४ हेक्टर जमिनमा रोपाइँ भएको छ । विभागले १३ लाख ७० हजार हेक्टर जमिन खेतीयोग्य रहेको जनाएको छ । 

प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी १०० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कर्णालीमा ९८.५ प्रतिशत, लुम्बिनीमा ९७.८७ प्रतिशत, गण्डकीमा ९६.६८ प्रतिशत, बागमतीमा ९७.८२ प्रतिशत, मधेसमा ९८.१० प्रतिशत, कोशीमा ९७ प्रतिशत रोपाइँ सकिएको छ । 

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले विशेषगरी मधेस प्रदेशलगायतका क्षेत्रमा पर्याप्त पानी नपरेकाले यस वर्ष केही ढिला रोपाइँ भएको बताउँदै पछिल्लो समय रोपाइँमा सुधार आएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अधिकांश स्थानमा रोपाइँ गर्न आकासे पानीकै भर पर्नुपर्ने अवस्था भए पनि मनसुन सुखद् रहेका कारणअघिल्लो वर्षको तुलनामा यस वर्ष धान रोपाइँको अवस्था राम्रो रहेकाले उत्पादनमा वृद्धि हुन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan